ए मुर्दाहरु हो,
तिमीलाई जिउँदो हुँदा दुख थियो कि
तिमीले मर्न पर्दा दुख भो ?
तिमी बाँचिरहँदा सुख थियो कि
तिमीले मर्न पाउँदा सुख भो ?
ए मुर्दाहरु हो,
मृत्युले अघोरै तर्साउँछ मलाई
मलाई मर्न सार्है दुख हुनेछ
म अहिले जिउँदै नै छु
तर, मलाई बाँच्न झनै दुख छ ।
ए मुर्दाहरु हो,
बधाई छ तिमीहरुलाई
अब मर्नु पर्दैन तिमीहरुले
त्यो भन्दा नि ठुलो बधाई
अब बाँच्नु पर्दैन तिमीहरुले
ए मुर्दाहरु हो,
बधाई छ तिमीहरुलाई ।