यस धर्तीमा सबैका लागी साझा एक प्राबधान हुन्छ
पूर्ण सहज कसैलाई हुन्न कुनै न कुनै ब्यवधान हुन्छ
हटिजानेछन ति सकल बाधा कर्तब्यमा लाग निरन्तर
समस्याहरुको पक्कै यहाँ कुनै न कुनै समाधान हुन्छ ।
रिस, राग, द्वेष, घमण्ड खराब यि हुन लौ सब त्याग
घृणाको त्यो अजङ्ग पर्खाल उक्लिउ लौ अब नाघ
प्रेम नै हो यो जिवन सार प्रेम गर तिमि प्रेम मनुवा
मानवता नै अहोधर्म हो यस्कै पालनमा लौ अब लाग ।
भोक मेट भोकाहरुको बुझ है तिमी त्यहि धर्म हो
आङ छोप नाङ्गाहरुको जान है तिमी त्यहि धर्म हो
भेद नराख मानवबिचमा मान सब हुन सन्तान इशका
गर सेवा दिन दुखिको लेउ ज्ञान लौ त्यही धर्म हो ।