के थाहा र के चल्दैछ मनमा हजुरको
म छु कि अरु नै छ चिन्तनमा हजुरको ?
मेरै मात्र कुरा गर्ने कोही भैदिए त गज्जब
अटाउँला त म कसैगरी गन्थनमा हजुरको ?
खुला हुँदा अक्सर जसो नरमाईलो हुँदो रैछ
बाँध्नुहुन्थ्यो कि त मलाई आलिङ्गनमा हजुरको ?
मेरो ढुकढुकिले सँधै त्यही नाम लिइरहन्छ
बज्छ कि त मेरो नाम धड्कनमा हजुरको ?
सार्है सार्है एक्लो भैयो गनगन गरेको सुन्छु
के ले रोक्यो मलाई मिस्न जिवनमा हजुरको ?